Friday, February 24, 2017

कति राम्रा स्वदेशी उत्पादन

२८ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौंला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। ६ दिनसम्म चल्ने मेलामा आकर्षक स्वदेशी उत्पादनहरु राखिएको छ। ति उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको घरेलू तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जानकारी दिए। मेलामा ३ सय भन्दा बढि स्टल रहेको र ३ सय ५० जना भन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी भएका छन्। मेलामा स्थानीय बस्तुहरुको महत्वबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ। मेलामा ३ लाख अवलोकनकर्ता सहभागी हुने आयोजकले जनाएको छ।
मेलामा नेपालको स्थानीय स्तरमा उत्पादन हुने ढाका कपडा, बाँस र बाँसका सामग्रीहरु, चिया, कफी, हाते कागज, खुकुरी, करुवा जस्ता सामग्रीहरु राखिएका छन्। मेलाको उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साना, घरेलु तथा मझौला उद्योगको विकासले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे। मेलामा करिव ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

0 comments: