Saturday, February 25, 2017

कर्मचारीलाई कुटपिट गरेपछि नेविसंघका नेता फरार

ललितपुर – पाटन संयुक्त क्याम्पसमा नेविसंघका विद्यार्थी नेताहरुले क्याम्पसका एक कर्मचारीलाई आक्रमण गरी सख्त घाइते बनाएका छन् । क्याम्पस प्रशासनका अनुसार घाइते हुनेमा लाइबे्ररीका सुरक्षा गार्ड सानो कान्छा तामाङ रहेका छन् । नेविसंघका इकाइ नेता तथा पाटन क्याम्पसका लागि स्ववियु सभापतिका दाबेदार समेत रहेका राजेश काफले र नेविसंघकै पाटन इकाइका कार्यबाहक अध्यक्ष रमेश राउत लगायतले तामाङलाई आक्रमण गरेका हुन् । लाईब्रेरी बन्द रहेको अबस्थामा शुक्रबार विहानै जबरजस्ती गेट खोल भन्दै तामाङलाई आक्रमण गरेको पाटन इकाइकै अखिलका एक नेताले जानकारी दिए । तामाङको पेटमा चिरिएको र अल्का अस्पतालमा उपचार गराइएको ती नेताले जानकारी दिए । आक्रमणमा संलग्न दुबै जना फरार रहेको र तिनिहरुलाई कारबाहीको दायरामा ल्याउन क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनबीच छलफल भैरहेको बताइएको छ । साभार http://www.ratopati.com/news/120358/

0 comments: