
कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न नसके पनि नेपाली कलाकारहरु पछिल्लो समयमा बढिरहेको कलाप्रतिको आकर्षणले निकै उत्साहित देखिएका छन् ।
स्वदेशमा साथै विदेशमा नेपाली कलाकारले सिर्जना गरेका कलाकृतिहरुको माग बढेका कारण पनि विगत केही वर्षयता कलाकारिताप्रति नेपालीहरुको आकर्षण बढेको छ ।
भारत बङगलादेशलगायतका विदेशी राष्ट्रहरुले कलाकारिताको विकासलाई उच्च प्राथमिकतामा राखेको कुरालाई नेपालमा गम्भीरताका साथ लिँदै कलाको विकासका लागि लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको कलाकारहरुको भनाइ छ ।


पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा भविष्य रहेको भन्दै यस क्षेत्रमा नयाँ–नयाँ अनुहार देखा पर्न थालेका छन् । यसको एउटा ज्वलन्त उदहारण हो सुर्खेत बिध्यापुर छ घर भैइ बिगत तीन बर्स एता U.A.E मा कार्यरत रहेका लोकेन्द्र पौडेल । भन्छन
‘मलाई विदेशमा भन्दा अब नेपालमै म्यूजिक भिडियो खेल्ने ठूलो रहर छ, ‘मलाई कलाकारीता एकदमै मनपर्ने क्षेत्र हो । देख्न मा म जस्तो भए पनि आफू लाई राम्रै लाग्छ ।
उनले कलाकारिता क्षेत्रमा दुःख छ । तर, खुसी मनले यो क्षेत्रमा लाग्यो भने दुःखको अनुभव पनि नहुने बताए । त्यसैले अहिले मेरो रोजाई भनेको कलाकारिता क्षेत्र नै हो ।’
0 comments:
Post a Comment