Tuesday, February 28, 2017

प्रनेसंघ प्रा स को सम्मेलन सम्पन्न

प्रेम ढुंगाना "प्रभात" मुम्बइ प्रवासी नेपाली संग भारत महाराष्ट्र गुजरात संयुुक्त राज्य समिति अन्तर्गत पर्ने नवि मुम्बई नगर समितिको मातहतमा रहेको पनवेल प्रासको प्रथम सम्मेलन बल बहादुर कडायतको अध्यक्षतामा र टंक रावलको संचालनमा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति अध्यक्ष कटक शाहीको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रुपमा राज्य समिति सह कोषाध्यक्ष भिम त्रामु ,राज्य समिति सचिवालय सदस्य राधा रावल ,राज्य समिति सदस्य नीर सिंजालि ,भिम बराल ,नवि मुम्बई नगर समिति सदस्य घन श्याम सिंजालि र पृथ्वी भाटको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिको अध्यक्षमा खेमराज काफ्ले जोशी उपाध्यक्ष श्रीमती सुमित्रा शाही सचिव भीम खनाल सहसचिव महेश रावल कोषाध्यक्ष लालसिंग बि क सदस्यहरु : धिरेन्द्र शाही,जनक बि क,कमल धामी,रामबहादुर बडुवाल,भरत भण्डारी, धेब दास, श्रीमती देबु बि क, श्रीमती कमला रावल,श्रीमती मिना काफ्ले जोशी,देबेन्द्र शाही, लोकनाथ ढकाल, बिनोद बिष्ट र श्रीमती मिना बिष्ट रहेका छ्न । सल्लाहकार समितिमा राधा रावल ,टंक रावल ,बल कडायत रहेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले बिगत लामो समय देखि नेपालमा स्थानीय निकायको निर्वाचन हुन सकिरहेको थियन बर्तमान सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत योग्य रहेको छ ।अब हुने निर्वाचन लाई सफल पार्नको लागि भारतव्यापी अभियान जारी गर्दै नेकपा एमालेको नीति र एमालेको नेतृत्व लाई अगाडि बढाउन पर्ने र नेपाल राष्ट्र लाई समृद्धि र नया धरातलमा पुगाउनको लागि एमाले पार्टी संग सहि नीति र भिजन रहेकोले अबको निर्वाचनमा एमाले लाई जिताउनको निम्ति आम प्रवासी नेपाली आमा बुवा ,दिदिबहिनी र दाजुभाइ लाई अनुरोध गर्दै निर्वाचित समिति लाई पद तथा गोनियताको सफत ग्रहण गराउनु भयो ।

0 comments: