प्रेम ढुंगाना मुम्बई- देशमा बढ्दो गरिबी, बेरोजगारी, उच्च शिक्षा प्राप्तिका समस्या आदि विभिन्न समस्याका कारणले लाखौ लाख नेपाली युवाहरु बिदेसिएका छन । यसरी प्रवासीने नेपाली एसिया, युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका आदि महादेशमा छ्न । भारतमा कति प्रवासी नेपाली छन भनेर नेपाल सरकार र भारत सरकार संग यसको तथ्यांक छैन । भारत प्रवासमा कार्यरत नेपाली जन संगठनको ठम्याइ अनुसार करिब ४० देखि ५० लाख युवा भारतमा रहेको अनुमान गर्न सकिन्छ । यसरी प्रवासिने नेपाली युवाहरु बिश्वका कुना कुनामा र गल्लि गल्लीमा, खाडी मुलुकको ५२ डिग्री तापक्रममा श्रम गरि रहेका छन ।
नेपाली युवा प्रवासिने रहरले होईन बाध्यताले हो । स्वदेशमै रोजगारी, शिक्षा, दिक्षा प्रगतिका उपाय भएको भए बिदेशीने ती युवा हरु आफ्ना आमा बुवा, छोराछोरी, घरखेत, खोला नाला र जन्म भुमी नै छोडेर आशुँका धारा चुहाउँदै ‘बाचे भेटौला’ भन्दै विदेशिनु पर्ने थिएन । प्रवासमा कतै पुँजीपतिले नेपाली चेलीको अस्तित्व लुटेका चित्कार गुर्जिन्छ्न त कतै कारखानाको मेसिनमा परेर ज्यान नै जान्छ । कतिपयकोे हत्या भएर रातो बाकसमा प्याक भएर लास नेपाल आउँछ । यो समस्या समाधानका लागि राज्य सत्ता चलाईरहेका नेताले कहिले सोच्ने ? अहिलेसम्म अरु सबै बिषयमा केही भए गरेको देखिन्छ तर युवाको बिषयमा भने ठोस योजना पारित भएको छैन । एक वर्षमा ४ लाख युवाहरुलाई रोजगार दिलाउछु भनेर नेकपा एमाले पार्टीले आफ्नो घोषणा पत्रमा जारी गरेको र अरु कुनै पार्टीले युवाको बिषयमा सोचेको देखिएन । निबर्तमान केपि ओली सरकारले ल्याएको योजना अनुसार युवा परिषद भनेर गठन भएको छ । सबै जिल्ला हरुमा युवा परिषद गठन पनि भइ सकेको छ । अब यो युवा परिषदले युवाहरुलाई सीप, कला र क्षमता योग्यता अनुसारको काम, माम र दाम दिन तर्फ अग्रसर हुनैपर्छ ।
नेपालको आमूल परिवर्तनको निम्ति बिगत २००७ साल देखि अहिले सम्मका विभिन्न आन्दोलनहरुमा नेपालका होनहार युवा हरुको महत्वपूर्ण भुमिका रहेको छ । कति युवाहरुले त्यो आन्दोलनमा परि शहादत प्राप्त गरेकाछन भने त कति युवाहरु अंग भंग भएको इतिहास हामी संग छ । अब त्यसो हो भने के आम नेपाली यूवाहरुले देशमा आन्दोलन गर्दै शाशन सत्तामा परिवर्तन गराइदिने र आफूहरु विदेशमा काम गर्न जाने भनेर त कदापी होईन होला । उनिहरुले आफ्नै देशमा केही गर्नुपर्छ, शाशन सत्ताको परिवर्तन पश्चात युवाहरुले पनि राहत महसुस गर्न पाउलान भन्ने आश र अपेक्षाका कारण नै उनिहरु सहभागी बनेका होलान नि कि कसो ?
नेपालका राजनीति दलले नेपालका दक्ष युवा हरुलाई ‘युज एण्ड थ्रो’ गरेको देखिएको छ । चुनावी माहोलमा पार्टीको झन्डा बोकेर हिड्ने तिनै युवा हरु हुन्छन जब निर्वाचन सम्पन्न हुन्छ भने जस्तो केही उपाय नपाए पछि फेरि निराश भएर बिदेशिने युवा पनि तिनै हुनछन । नेपालका युवा शक्ति विना नेपालको कुनै पनि आन्दोलन सफल भएको छैन । देश र जनताको लागि आफ्नो ज्यान नै आहुती दिने युवा हरुलाई किन स्वदेशमै रोजगारीको बाताबरण श्रृजना भएन वा गरिएन ?
सहानुभूतिले मात्र देश बन्दैन । देश बनाउन हिम्मत, परिश्रम, अनुभव र सक्षम नेतृत्व चाहिन्छ । त्यसैले देशका कर्णदार भनेर चिनिने जुझारु युवा शक्तिको देश निर्माण कार्यमा ठूलो खाँचो छ । अब युवाहरु एकताको मियो बनेर आउनु पर्छ । बिखण्डनकारी अतिवादी विरुद्ध सुनामी बन्नु पर्छ । नेपाल आमाको रक्षा गर्न सच्चा देश भक्त सपूत बनेर युवाहरु शान्तीगामी नेपाली जनताको दियो बनेर अगाडी बढ्नु पर्छ । देशका युवा शक्ति प्रदेसी जीवनयापन गरिरहेका छन । गाउँ घर र सिङ्गो देश युवा बिहिन छ । बुढा आमा बुवाहरु बुढेशकालमा समेत चिन्तामा बाँच्न विवश छन । बालकहरु टुहुरा भयका छन । दिनमा करोडौं रुपैँया नेपालमा रेमिटेन्समार्फत पठाइरहेकाछन । बिदेशी भुमिमा रगत र पसिना बगाएर, ज्यानको बाजी लगाएर हाम्रा युवा शक्तिले काम गरिरहेका छन । तर नेपालमा बस्ने राजनेताहरुले प्रवाशी नपालीहरुका पिडाहरुलाई बुझ्न सकेका छैनन । यदि यो पीडा कुनै पार्टीले बुझेको छ भने त्यो पार्टीको नाम हो नेकपा एमाले ! एमाले पार्टीको भिजन योजना र सम्माननिय प्रधानमन्त्री केपी ओलीले अघि सार्नुभएको योजना अनुसार काम गर्न पाएको भए पक्कै पनि नेपालमा यूवाहरुका लागि केहि गर्ने अवसरहर सिर्जना हुन्थे । नेपालको मुहार बदलिने थियो । यतिधेरै युवा शक्ति विदेसिने थिएनन तर बिडम्बना काम गर्ने क्षमता र हिम्मत भएको मान्छेलाई नेपालमा काम गर्न दिदैनन । यदि यो सरकार पुरा अवधी टिक्न सकेको भए लाखोँ नेपाली युवाहरुले श्रण प्राप्त गर्दै आफ्नो सिर्जनशीलता आफ्नै भुमिमा पोख्न पाउने थिए । जसले गर्दा नेपाल झन मलिलो हुने थियो र देशले कम्तिमा पनि आर्थीक सम्वृद्वता तर्फ अग्रसर हुने मौका पाउने थियो । दिनहुँ सयौँ नेपालीहरु विदेश जान लाम लाग्ने थिएनन । बरु त्यो लाम देश बनाउने ठाँउमा, देशको रुप परिवर्तन गर्ने ठाँउमा, विकास निर्माण गर्ने ठाँउमा लाग्थ्यो । देश निर्माण र नेपाली युवाहरुको निम्ति आएको राम्रो योजना पारित नै हुन नदिएर आ–आफ्नो स्वार्थको लागि सरकार बनाउने र ढाल्ने खेलमा लाग्छन नेपालका हाम्रा आदरणीय नेताहरु । बर्तमान केपि ओलि नेतृत्वको लोक प्रिय सरकारलाई ढालेर नौ महिना माओवादी केन्द्र ले सरकारको नेतृत्व गर्ने अनि नौ महिना नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने सहमति भएको कुरा बाहिर आएको छ । नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने देशमा कसरी बिकास निर्माण होला । देसको अर्थतन्त्रको हालत के होला । अनि देश कसरी अगाडि बढ्न सक्छ ?
आदरणीय बिकास प्रेमी नेता ज्यु, एक बच्चा स्वस्थ् रुपमा जन्मिन त नौ महिना भन्दा बढि समय कुर्नुपर्ने हुन्छ । यहाँ त देशलाई जवान बनाउने कुरा छ, देशको समुन्नती गर्ने कुरा छ । देशलाई आर्थीक, सामाजीक अनि सांस्कृतीक रुपमा आत्मजिनर्भर अनि विकसित बनाउने कुरा छ । अनि कसरी त्यो काम, योजना सम्पन्न हुनसक्छ र नौ महिनामा ? नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने तपाई हरु अझ देसलाई दस वर्ष पछाडी धकेल्ने काम गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोस नेपालमा परिवर्तनको निम्ति लोक प्रिय काम एमाले पार्टी बाट मात्र देखिएको कुरा अब नेपाली जनताले बिर्सने छैनन् । बिसं २०५१ सालमा मनमोहन अधिकारीको शासन काल र बर्तमान केपि ओलिको नौ महिने कार्यकालमा भएका काम जस्तो इतिहासमा कसैले पनि गर्न सकेनन । सबल र समृद्धि राष्ट्र निर्माणका निम्ति जस्तो सुकै परिस्थितिमा पनि अगाडी बढ्दै, लोकप्रियता आर्जन गर्दै गरेको अबस्थामा काम गर्ने हिम्मत र आट भएको क्षमतावान व्यक्ती लाई काम गर्न किन यो सरकारलाई दिइएन ? के यहाँहरुको पार्टीले देखाएका सिपनाहरु यिनै हुन त जनतालाई हरेक नौ नौ महिनामा सरकार परिवर्तन मात्रै गर्ने ? अब देशको अवस्था परिवर्तन गर्न तिर लाग्नुपर्ने बेलामा तपाइहरु आफ्नो र आफ्नाहरुको अवस्था परिवर्तन गर्दै हिडिरहनुभएको छ । के यहि हो त यहाँहरुको चाहना, आज सिगों प्रवाशी नेपाली समाज दुःखी छ । भावविवहल छ यहाँहरुका लज्जास्पद गतिविधिबाट, सत्ता मोहबाट ।
युवा हरुको निम्ति साच्चै योजना र कार्यक्रम आएको भए नेपालको युवा शक्ति बिदेसीने अबस्था आउने थिएन । अर्काको देशमा रगत र पसिना बगाउने युवाहरु के आफ्नो देशमा अवसर सिर्जना गरिएको खण्डमा बगाउन सक्दैनन् ? अबस्य सक्छन । अनि युवा देश निर्माणको कार्यमा जुट्ने माध्यम राज्य बाट मिल्यो भने नेपालको बिकास हुन कुनै असम्भव छैन । देशमा थुप्रै सम्भावना हुदाहुदै पनि बिकास हुन सकिरहेको छैन । बिकास नचाहने नेताका कारण आज देश बिश्व को दुई नम्बर गरिब देशमा परिणत हुदैछ । नेपाली युवा हरु अबसरको खोजीमा छन अबसर पाएका छैनन । अब युवाहरुलाई विशेष गरि अबसर प्रदान गरियोस । अब देश भक्ती युवाहरु एक जुट भएर खबरदारी गर्नुपर्छ । नेपालको बिकास निर्माण नचाहने प्रतिगामी विरुद्ध भन्डाफोर गर्दै प्रतिकार गर्नुपर्छ ।
अब जाग्नु पर्यो अति नै भइ सक्यो । अब तपाई हामीले सहेर बस्ने अबस्था छैन । नेपाली युवाहरुले राणाकाल ढाले, पन्चायत ढाले राजतन्त्र ढाले सबै परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहेको छ । अब युवाहरुले कसैको पुच्छर भएर लाग्नु हुदैन । ठिक र बेठिक छुट्याउनु जान्नु पर्यो, जसले युवाहरुको निम्ती राम्रो योजना ल्याएको छ त्यसलाई समर्थन गर्नुपर्छ । जब सम्म युवा शक्तिलाई देश निर्माणकार्यमा समावेस गरिदैन तब सम्म नेपाल राष्ट्रको बिकास निर्माण कदापी अगाडी बढ्ने सक्दैन । अन्तमा अब युवा हरुलाई बिदेशी भुमिमा होईन नेपाली भुमीमा बस्ने व्यबस्थाको सिर्जना गरियोस । प्रवासी नेपाली युवाहरुको दुख पीडा बुझ्न को निम्ति ठोस योजना बनोस । अब नेपाली यूवाहरुको मेहनतले हिमाल देखि तराईका फाँटहरुसम्म सम्वृदिका रेखाहरु कोरीएको देख्न पाइयोस । अब देशमै आम यूवाहरुले रोजगार पाउने अवसरको सिर्जना गरियोस ।
0 comments:
Post a Comment