Wednesday, March 1, 2017

जनता बहुमुखी क्याम्पस विद्यापूरमा नेविसंघको पुरै प्यानल विजयी

पश्चिम सुर्खेतको बिद्यापुरमा रहेको विद्यापुर बहुमुखी क्याम्पसमा आज मिति २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ काे सम्पुर्ण प्यानल विजयी भएको छ । नेविसंघ, अखिल र अखिल (क्रान्तिकारी) का छुट्टाछ्ट्टै प्यानल दर्ता भएकोमा नेविसंघको प्यानल विजयी भएको हो । नेविसंघका तर्फबाट सभापतिमा पुर्ण बहादुर रावलले (४९) मत ल्याइ विजयी भएका छन् भने सोही प्यानलबाट सचिवमाा कमल बास्तोला (४७) मत ल्याइ विजयी भएका छन्, कोषाध्यक्षमा बिष्णु धमाला (४८) मत ल्याइ विजयी भएका छन् । यस्तै सदस्यहरुमा बिनोद राम्जालि (५४),चक्र बि क (५०) ,कृष्ण धमाला (५०) दुर्गा पौडेल (४७) विजयी भएकाछन् । जम्मा ९० मत खसेकाे २ मत बदर भएको थियो । अखिल क्रान्तिकारीका सभापतिका उम्मेदवार रोसन राम्जालिले १४ र अनेरास्ववियुका नन्दराम खनालले २५ मत ल्याएकाछन् ।

0 comments: