Sunday, August 25, 2013

सङ्गिनीको कुल कारोबार दुइकरोड, ४४ लाख बढी


म्याग्दी /जब महिलाको आर्थिकस्तरमा वृद्धि, तब देशमा शान्ति र समृद्धि’ भन्ने मूल नारासहित महिलाहरुको आफ्नै सक्रियतामा सञ्चालित म्याग्दीको सदरमुकाम बेनीको सङ्गिनी बचत तथा ऋण सहकारीको शनिबार प्रथम साध


ारणसभा सम्पन्न भएको छ । संस्थाले कुल कारोबार दुइकरोड, ४४ लाख, ४६ हजार, छसय ४७ रुपैयाँ पु¥याएको छ ।

महिलालाई सिपमूलक र व्यवसायमार्फत आत्मनिर्भर बनाई आर्थिक स्तर सुधार्ने उद्देश्यले स्थापना भएको छोटो समयमै संस्थाले उक्त कारोबार गर्न सफल भएको हो
। संस्थाले हालसम्म ४५ लाख, ९५ हजार नौसय रुपैयाँ शेयर सङ्कलन, गतवर्ष २०६९÷७० मा २२ लाख, २७ हजार, दुइसय २० रुपैयाँ निक्षेप सङ्कलन र ६७ लाख, ५६ हजार, तिनसय ५४ रुपैयाँ लगानी गरेको सहकारीले जनाएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष देउप्रसाद छन्त्यालले सहकारी भन्नाले सहकार्य गरेर अगाडि बढ्नु हो भन्ने बताउँदै सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाले न्यून आयस्तरका महिलाहरुलाई सहुलियत दरमा ऋण सहयोग गरेको बताउनुभयो ।

उनले संस्थामा सबै शेयर सदस्यहरुको अमूल्य सहयोगले महत्वपूर्ण भूमिका खेल्ने भएकाले म्याग्दी जिल्लाका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीले टेवा पु¥याउने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमका अन्य वक्ताहरुले भने सहकारीले आर्थिक क्षेत्रमा मात्र नभई अरु सामाजिक क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच संस्थाले आगामी दिनहरुमा स्वरोजगार सिर्जना, अध्ययन अवलोकन, सामाजिक क्षेत्र, गोष्ठी सेमिनार तथा तालिम लगायतका भावी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । संस्थाले स्थापना भएको प्रारम्भिक साधारण सभादेखि हालसम्म १३ पटक वैठक बसी ४४ वटा निर्णयहरु गरेको छ ।
साधारणसभामा संस्थाको सचिव गौरी थापा मगरले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तेजकुमारी बानियाँ गङ्गाले पेश गरेको आर्थिक प्रतिवेदनलाई बन्द सत्रले आवश्यक छलफल गरी संशोधनसहित पारित गरेको बताइएको छ । कार्यक्रम सहकारीको अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, सचिव गौरी थापा मगरको सञ्चालन र उपाध्यक्ष साधनाकुमारी श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

0 comments: