Sunday, August 25, 2013

फोटो पत्रकारमाथि मुम्बईमा सामूहिक बलात्कार


मुम्वई, (एजेन्सी)भारतको मुम्बई शहरमा एक फोटो पत्रकारको सामूहिक बलात्कार भएको शुक्रबार प्रहरीले जनाएको छ।

गत डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एउटा बसभित्र एक युवतीमाथि भएको बलात्कार विरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन हुँदा सरकारले बलात्कारसम्बन्धी प्रचलित कानुनमाथि पुनर्विचार गर्नुपरेको थियो। बिहीबार बेलुका भएको उक्त घटनालाई लिएर सोसियल समडियालगयत सबैतिरबाट व्यापक विरोध हुन थालेका छन्। महिलाहरूका लागि भारतकै सबैभन्दा सुरक्षित मानिएको मुम्बई भएको यस घटनाप्रति अधिकांश व्यक्ति स्तब्ध भएका छन्। यस सिलसिलामा हिजो एक पुरुषलाई गिरफ्तार गरिइसकेको र पहिचान भइसकेका अन्य चार जनाको २० सदस्यीय प्रहरी टोलीले खोजीकार्य जारी राखेको मुम्बई प्रहरी आयुक्त सत्यपाल सिंहले जानकारी दिएका छन्। सिंहले भने– ‘अदालतमा अभियुक्तहरूविरुद्ध सप्रमाण मुद्दा चलाउनका लागि प्रहरीले यथासम्भव कोसिस गरी सम्पूर्ण प्रमाण संकलन गर्नेछ।’ जसले गर्दा दोषीहरूलाई अधिकतम सजाय दिन सकिन्छ। हामीले सरकारलाई कानुनी प्रक्रिया छिटोछरितो ढंगले अघि बढाउने अदालतमा तिनीहरूलाई मुद्दा चलाउन अनुरोध गर्नेछौं। संसदको माथिल्लो सदनमा विपक्षी विधायकहरूले यस वर्ष यौन अपराधविरुद्ध कडा कानुन ल्याइए तापनि सरकारले महिलाहरूको सुरक्षाका लागि यथेष्ट कार्य नगरेको आरोप लगाएका छन्। करिब २० वर्ष उमेरकी ती पीडित युवतीलाई दक्षिण मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको छ। अस्पताल सूत्रले उनको स्थिति स्थिर रहेको जनाएको छ। पूर्व औद्योगिक क्षेत्र तथा हाल शानदार अपार्टमेन्ट, मल र बारहरू सञ्चालनमा रहेको लोअर पारेलको एउटा सुनसान कपडा कारखानामा सूर्यास्त लगै उक्त घटना घटेको थियो। प्रहरीका अनुसार कामको सिलसिलामा आफ्नो एक पुरुष सहकर्मीसँग त्यहाँ पुगेका बेला उनको सहकर्मीलाई पेटीले बाँधेर ती युवकहरूले उनीमाथि बलात्कार गरेका थिए। दक्षिणपन्थी राजनीतिक पार्टी शिव सेनाका दर्जनौं समर्थकहरूले उक्त घटनाको उजुरी लेखाइएको प्रहरी चौकीबाहिर विरोध प्रदर्शन गरेका थिए। गत डिसेम्बरको बलात्कारमा मुछिएका चार पुरुष र एक किशोरविरद्धको मुद्दा आगामी तीन साताभित्र टुंगिने अनुमान गरिएको छ।

0 comments: