अंग्रेजीमा एउटा भनाइ छ-(Apple a day keeps doctor away) अर्थात् प्रतिदिन एउटा स्याउ सेवन गरे रोगबाट टाढा रहन सकिन्छ। त्यसैले विशेषज्ञहरू खानाको सूचीमा स्याउलाई छुटाउँदैनन्। १४ वर्षमुनिका बालबालिकालाई स्याउ अनिवार्य गर्नुपर्ने राय विज्ञहरूको छ।
यद्यपि सधै एउटै प्रकारको फल खाँदा बालबालिकाहरू खानाप्रति त्यति रुचि देखाउँदैनन्। यसबाट बच्न बेलाबेलामा फल परिवर्तन गर्नुपर्छ। विशेषगरी फललाई चाट, सलाद आदिमा परिवर्तन गर्नुपर्छ। फल, एन्टीअक्साइड र खनिजको भरपर्दो स्रोत हो। यसले स्मरण शक्तिमा पनि लाभ पुर्याउँछ। सुन्तला, मौसम, कागती, भोगटे, अमला आदि रेसायुक्त फलले स्मरण शक्तिका साथै रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छन्। स्याउको साटो केरा, स्ट्रबेरी, हरियो तरकारी आदि पनि टिनएजरहरूका लागि महत्वपूर्ण पौष्टिक तत्व हुन्।ड्राइफ्रुट्स
स्मरण शक्तिका लागि ड्राइफ्रुट्सको प्रयोग वैदिककालदेखि नै गरिँदै आएको पाइन्छ। सन्तुलित आहार सबैका लागि आवश्यक हुन्छ। यद्यपि परीक्षाको समयमा ड्राइफ्रुट्सको महत्व बढी हुन्छ। यसले शारीरिक एवं मानसिक तनाव कम गर्छ। किशोरावस्थामा पोषकतत्वको सेवनले शारीरिक क्षमताको वृद्धिका साथै स्मरण शक्तिलाई तीव्र गर्न र सबै कुरामा सामञ्जस्य बनाउन मद्दत गर्छ। ड्राइफ्रुट्सले मस्तिष्कलाई सक्रिय तुल्याउनुका साथै स्नायुतन्त्रलाई पनि क्रियाशील बनाउँछ। मस्तिष्कको ७० प्रतिशत भाग अम्लीय तत्वबाट बनेको हुन्छ। यसले मस्तिष्कको कोषिकाको विकासमा मद्दत पुर्याउँछ। यस्तो तत्वको निर्माण पौष्टिक तत्वबाट मात्र सिर्जना हुन्छ। बदाम र काजु ड्राइफुट्सका केही उदाहरण हुन्। यसमा सोडियम, मेग्नेसियम तथा भिटामिन ई हुन्छ। यसले तनाव भगाई निद्रा पनि लगाउँछ।
पानी र जुस
पानी र जुस जति धेरै प्रयोग गर्यो त्यति राम्रो हुन्छ। शरीरमा ७० प्रतिशत भाग पानीले भरिएको हुन्छ। पानीले नर्वस सिस्टमलाई सक्रिय राख्न मद्दत पुर्याउँछ।
हरियो तरकारी र सलाद
हरियो तरकारी स्वास्थ्यका लागि सबैभन्दा बढी लाभदायक मानिन्छ। हरियो तरकारीले शक्ति प्रदान गर्छ। हरियो तरकारी र फलमा बढी मात्रामा एन्टीअक्साइड हुन्छ। यसबाट शरीरका लागि आवश्यक सोडियम, भिटामिन तथा खनिज प्राप्त हुन्छ। हरियो तरकारीको रंगले त्यसमा पाइने खनिज र भिटामिनको संकेत गर्छ। हरियो तरकारीको रंग जति गाढा हुन्छ त्यसमा त्यति नै बढी पोषकतत्व एवं एन्टीअक्साइड पाइन्छ। फलस्वरूप गाढा हरियो तरकारी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। किशोरावस्थामा गाजर, मुला, काँक्रा, टमाटर, गोभी, हरियो-रातो खुर्सानी, ब्रोकाउली, पालुङ्गो आदि प्रतिदिन खानुपर्छ। हरियो सागपातमा आइरनको मात्रा प्रशस्त हुन्छ। यसले एलर्जी रोक्नुका साथै अध्ययनमा ध्यान केन्दि्रत गर्न सहयोग पुर्याउँछ। किशोर-किशोरीहरूलाई हरियो तरिकारीप्रति रुचि नहुने भएकाले बोइल गरेको र मध्यम आँचमा पकाएको तरकारी वा करी दिन सकिन्छ। यसबाहेक रस -साउथ इन्डियन सुप) का रूपमा तरकारी ख्वाउन सकिन्छ। थोरै तेलमा बनाइएका परौंठा पनि उत्तम मानिन्छ।
प्रोटिन
दूध र दूधबाट बनेका चीज, बटर, मख्खन आदि प्रोटिनका मुख्य स्रोत हुन्। त्यसबाहेक अण्डा एवं टुसा पलाएका गेडागुडी, हरियो सागपात, ड्राइफ्रुट्स, सोयाबिन, माछा एवं कुखुराको मासुमा प्रोटिनका साथै एमिनो एसिडको उपयुक्त मात्रा पाइन्छ। प्रोटिनका अतिरिक्त यी खानाबाट भिटामिन बी-१५, बी-५ तथा बी-१२ पनि प्राप्त हुन्छ। मस्तिष्कलाई सक्रिय बनाउन प्रोटिनयुक्त भोजनको महत्वपूर्ण भूमिका हुन्छ। टिनएज डाइटमा कार्बोहाइड्रेट, प्रोटिन, सन्तुलित मात्रामा हुनुपर्छ। प्रोटिनका साथै कार्बोहाइड्रेट बढी हुनुहुँदैन। उदाहरणका लागि एउटा रोटी, एउटा अण्डा र एक गिलास दूध, कुनै एउटा मौसमी फलले सन्तुलित आहारलाई पूर्णता प्रदान गर्छ। खानामा रेसायुक्त पदार्थ समावेश गर्नु जरुरी छ।
0 comments:
Post a Comment