Thursday, February 20, 2014

वाटरप्रूफ स्मार्टफोन ल्याउँदै माइक्रोम्याक्स?

अहिले माइक्रोम्याक्सले एउटा यस्तो फोन ल्याउने तयारी गरेको छ कि जुन वाटर र डस्ट रेजिस्टेन्ट हुनेछ । यसको नाम माइक्रोम्याक्स स्प्लेश हुने कुराको चर्चा भैरहको छ । इन्टरनेटमा अहिले केही यस्ता तश्विरहरू पनि जारी गरिएका छन, जसलाइ माइक्रोम्याक्स स्प्लेश भएको बताइएको छ ।

 

@MMXNewscaster नामको ट्विटर ह्याण्डलले ट्वीट गर्दै बताए अनुसार कथित स्प्लेश IP67 सर्टिफिकेशनका साथमा आउनेछ अर्थात यो वाटरप्रूफ हुनेछ । यसका साथै यसमा भनिएको छ कि यो फोन १ मिटर गहिरो पानीमा ३० मिनेट सम्म राख्न सकिन्छ र यो डस्ट-प्रूफ पनि हुनेछ ।
ट्विटर यूजर ले एक तस्वीर पनि पोष्ट गरेका छन, जसमा यो एक ऐन्ड्रोइड डिभाइस भएको बताइएको छ । तर यको स्पेसिफिकेशन्सका बारेमा भने केही बताइएको छैन ।

माइक्रोम्याक्सले आफ्नो प्रोडक्टको मूल्य केही यसरी राखेको छ कि, यस्तै फिचर भएका अन्य कम्पनीहरूका प्रोडक्ट निकै महंगो लाग्दछन । कम्पनीको यस रणनीतिले उसलाइ फाइदा पनि हुन्छ । बताइए अनुसार सोनीको एक्सपेरिया रेन्जको वाटर-प्रूफ फोनहरूलाइ टक्कर दिने उद्देश्यले माइक्रोम्याक्स स्प्लेश सार्वजनिक गर्दैछ । यसैले अनुमान गरिए अनुसार यसको मूल्य पनि कम नै हुनेछ ।

0 comments: