Monday, February 24, 2014

देउवाले छाने चार मन्त्री

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारमा जाने आफ्नो पक्षका चार नेताको नाम टुंगो लगाएका छन् ।


स्रोतका अनुसार कांग्रेसले पाएको १० मन्त्रालयमा प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला र देउवाबीच ६०/४० को भागवण्डा भएको छ । जस अनुसार देउवाले कोषध्यक्ष चित्रलेखा यादव, पूर्व महामन्त्री विमलेन्द्र निधी, एनपी साउद र टेकबहादुर गुरुङको नाम तय भएको छ ।
स्रोतका अनुसार निधीले स्थानीय विकास वा भौतिक योजना मध्ये एक मन्त्रालय सम्हाल्नेछन् ।

0 comments: