Monday, February 24, 2014

७ करोडमा पनि बेचेनन् राँगो

भारतको कुरुक्षेत्रका एक किसानले आफ्नो राँगोलाई ७ करोड भारतीय रुपैयाँमा समेत बेच्न मानेनन् । युवी नाम दिइएको राँगोलाई पाल्नु ती किसानको सोख भएकाले बिक्री नहुने भन्दै उनले बेच्न नमानेको पन्जाब केसरीले छापेको छ ।

उक्त राँगोलाई दैनिक ४ किलो स्याउ ख्वाइने गरेको र स्वास्थ्य सही राख्न दैनिक केही किलोमिटर हिंडाउने गरिएको छ । कर्मवीर नाम गरेका किसान जसले राँगो पालिरहेका छन्, उनका अनुसार राँगोले आफ्नो जिन्दगीमा ठूलो महत्त्व राख्छ । मोहालीमा भएको पशु मेलामा उनको राँगोसीका लागि ७ करोडको प्रस्ताव आएको हो । ‘आफ्नो बच्चा बेच्नका लागि होइन,’ ती किसान भन्छन् । उनले राँगाको वीर्य बेचेर वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी गर्छन् । पशु मेलामा युवी नामक राँगाले धेरै राष्ट्रिय पुरस्कार पनि जितेको छ । किसान चाहन्छन् कि राँगालाई विदेश लाने अनुमति सरकारले देओस् । यसबाट होस्टन नश्लको (गोरु) को वीर्य जसरी विदेशबाट आउँछ, त्यसरी नै यसको पनि नयाँ बि्रड बनाउन सकियोस् आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ । 

0 comments: