Friday, February 21, 2014

घरमै बन्यो बिजुलीको ट्रान्सफर्मर

 

दार्चुलाको ग्वानी गाविस ७ लेकगाउँका एक युवकले आफ्नै घरमा बिजुलीको ट्रान्सफर्मर बनाएका छन् ।

गोकुलेश्वर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विÈयमा स्नातकोत्तर अध्ययन पूरा गरेका लेकगाउँका २७ वर्षीय नरेश रावलले घरमै बिजुलीको ट्रान्सफर्मर बनाउनुभएको हो ।
गाविसको बरमुडेमा निर्माण्ँ गरिएको बरमुडे लघु जलविद्युतमा विद्युत अपरेटर समेत रहेका रावलले धनगढीबाट सामान मगाएर घरमै बिजुलीको ट्रान्सफर्मर निर्माण गरेको बताउनुभयो ।
लघु जलविद्युतमा काम गर्न थालेपछि बिजुलीका लाइनहरु जडान गर्न विभिन्न जिल्ला घुम्ने क्रममा ट्रान्सफर्मर बनाउने सीप सिकेको र आफू अपरेटर रहेको लघु जलविद्युतमा पटक/पटक खराबी आउने गरेकाले विद्युतमा परीक्षण गर्नका लागि घरमै ट्रान्सफर्मर  निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
रावलले बनाएका ट्रान्सफर्मर अहिले बरमुडे लघुजल विद्युतका दुइवटा पोलमा जडान गरिएको छ । नयाँ निर्माण गरिएका ट्रान्सफर्मर जडान गरिएपछि त्यहाँको विद्युत लाईन रातभरी बिना अवरोध सञ्चालन भएको रावलको दाबी छ ।

0 comments: