Friday, February 14, 2014

स्याङ्जाको एक विद्यालयलाई कम्प्युटर तथा सौर्यवत्ती हस्तान्तरण

स्याङ्जा, फागुन २ गते । उत्तरपूर्वी स्याङ्जाको रापाकोट गाविसमा रहेको जन उच्चमाध्यमिक विद्यालयलाई रोटरी क्लब इन्टरनेसनल बेलायतले रु नौ लाख रुपैयाँ बराबरका पाँच थान कम्प्युटर, इन्टरनेट जडान उपकरण, सोलार प्यानल र ब्याट्री बिहीबार हस्तान्तरण गरेको छ ।


रोटरी क्लब अफ हिमालयन गोर्खा नेपाल र रोटरी क्लब इन्टरनेसनल बेलायतले संयुक्तरुपमा यहाँ एक कार्यक्रमको आयोजना गरी कम्प्युटर लगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्राचार्य तारापति पौडेलले जानकारी दिनुभयो  । कम्प्युटर तथा उपकरण हस्तान्तरण समारोहमा बोल्दै रोटरी क्लब इन्टरनेसनल बेलायतका एन्डी मोरिसनले यी सामग्रीको सही प्रयोग भएमा विद्यार्थीहरुमा स्वअध्ययन तथा अनुसन्धान गर्ने सीपको विकास हुने धारणा राख्नुभयो ।
विद्यालयका प्राचार्य पौडेलले तत्कालै विद्यालयमा इन्टरनेट जडान गरी सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

0 comments: