Friday, February 14, 2014

गृह एमालेलाई दिँदा केही फरक पर्दैन : नेतृ कोइराला

२ फागुन, काठमाडौँ । कांग्रेसका शीर्ष नेताहरुले गृह मन्त्रालय एमालेलाई दिन नसकिने बताइरहेका बेला कांग्रेस नेतृ सुजाता कोइरालाले गृह एमालेलाई दिँदा फरक नपर्ने वताएकी छिन् ।

Sujata-Koirala
शुक्रवार बसेको व्यवस्थापिका संसदको बैठकपछि नेतृ कोइरालाले दोस्रो ठूलो दललाई सरकार बाहिर राख्न नहुने भन्दै गृह मन्त्रालय दिन कांग्रेस राजी हुनु पर्ने वताएकी हुन् । उनले गृह मन्त्रालय एमालेलाई दिएपनि ६ महिनाभित्रमा हुने स्थानिय निकायको निर्वाचनमा कुनै असर नपर्ने स्पष्ट पारिन् ।
उनले पार्टीको संगठन कमजोर भएको सन्देश जाने भन्दै गृहवारेको विवादमा अल्झिन नहुने वताइन् । उनले भनिन्,’स्थानीय निकायको निर्वाचनका लागि आफ्नो संगठन बलियो भए गृहमन्त्री एमालेको हुँदा केही फरक पर्दैन । संगठन कमजोर भएर नदिने कुरा गर्नुहुँदैन ।’

0 comments: