हामीले विभिन्न किसिमका रोगहरुको बारेमा तपाईहरुलाई जानकारी गराउने गरेका छौ । तर यी तस्विरहरु देखेर तपाईले सायद अन्दाजा पनि लगाउन सक्नु हुन्छ कि यो कति डरलाग्दो रोग हो भनेर । यो एक दुर्लभ प्रकारको रोग हो ।

हार्टबर्न पिलको रिएक्शनका कारण यो रोग लाग्ने गरेको चिकित्सकहरुले बताएका
छन् । जसका रोगीका अनुहार पग्ली पग्ली झर्ने गर्दछ । नोरविचका १७ वर्षीय
लिने होव्स नाम गरेको यस युवतीलाई पनि यही रोगले सताएको छ । यो रोग उनलाई
सेप्टेम्बर २०१३ सालबाट सुरु भएको हो । सुरुमा उनको शरीरमा चिलाउन सुरु
भएको थियो ।

त्ससपछि उनी कयौ दिन अस्पतालमा भर्ती भएर रहेकी थिइन् । एलर्जीका कारण
उनको पुरा अनुहार सुन्निएको थियो । अनुहार यति सम्म सुन्नियो कि आँखा समेत
बन्द भयो । उनी अस्पताल गइन् र डाक्टरले मलम लगाउन दिदा उनको छाला उनको
हातमा आएको उनी स्वयम बताउछिन् । मिररका अनुसार यो रोग स्टीवेन जोनसन
सिन्ड्रोमको कारण हुने गर्छ ।

0 comments:
Post a Comment