Saturday, February 8, 2014

पेटमा हुर्किरहेको बच्चालाई निकालेपछि मृत घोषणा गरिने

कुन आमाको  लागि  सह्य होला यस्तो जसले आफूले जन्मदिएको बच्चाको  अनुहार पनि हेर्न नपाई  संसारबाट विदा हुनुपर्नेछ ।  दिमागी रुपमा ब्रेनडेथ भएकी  क्यानाडाकी राबिन नामकी एक महिलाले आफ्नो बच्चालाई जन्मदिने वित्तिकै  यस संसारबाट विदा हुनेछिन ।   उनलाई विदा दिईनेछ ।

 
२०१३ को  डिसेम्बर अन्तिम हप्ताहको  विहान उनको  टाउको जोडसँग दुख्यो । उनले आफ्ना श्रीमान  बेनसोन डोलानलाई टाउको दुखेको औषधि ल्याउन अह्राइन । श्रीमान उनलाई छोडेर औषधि लिन बाहिर निस्कए । तर, घर फर्कदा आफ्नी श्रीमतीलाई बेहोस भएर पल्टिरहेको  अबस्थामा पाए ।  डेलानले श्रीमतीलाई हतार–हतार उठाएर नजिकैको अस्पतालमा पु¥याए  । तर, अस्पतालमा उनको ब्रेनडेथ भइसकेको घोषणा डाक्टरहरूले गरिदिए । तर, उनको पेटमा रहेको २२ हप्ताको बच्चालाई बचाउनका लागि भने अहिले उनलाई भेन्टिलेटरमा राखेर  कृतिम स्वास दिइएको छ । 
उनको पेटमा हुर्किरहेको बच्चाको अबस्था स्वस्थ रहेको र  बच्चालाई अप्रेसन गरेर निकालिने पनि  विक्टोरिया जनरल अस्पतालका प्रवक्ताले  जनाएका छन् ।  बच्चालाई निकालेपछि उनलाई मृत घोषणा गरिनेछ ।
           डेलान एकातिर नयाँ बच्चालाइ हेर्न र पिता बन्नका लागि आतुर रहेको  छन् भने अर्कोतिर बच्चालाई जन्माउनसाथ आफ्नी प्यारी श्रीमतीलाई आफूबाट मात्र नभएर संसारबाट विदा दिनुपर्ने पीडामा रहेका बताउछन् रोबिनका श्रीमान । ३२ वर्षीय डेलान भन्छन “मलाई उनको खुब याद आउनेछ ।”

0 comments: