Sunday, March 2, 2014

कस्तो रोग हो यो ? मस्तिष्कमा पनि दाँत !!

मानिसहरुलाई निकै घातक – घातक रोगले आक्रमण गरेको त तपाईले सुनेको, देखेको र स्वयम् भोगेको नै होला । तर यस बिमारीको बारेमा थाहा पाउनु भयो भने सायद तपाईको होस नै उड्छ होला ।

 तपाईलाई लाग्न सक्छ यो समाचार हामीले कुनै आधार बिना नै बनाएका छौ । तर एक पटक राम्रोसंग सो समाचार पढ्नु होला , हामीले बिना कुनै स्रोत र बिना कुनै आधार लेखेका छैनौ । हफपोस्टको खबर अनुसार म्यारील्याण्डकी यस ४ वर्षीय बालिकामा एक दुर्लभ किसिमको बिमारी छ । यस दुर्लभ रोग भनेको ब्रेन ट्यूमरका साथै यस बालिकाको मस्तिष्कमा दाँत उम्रेको छ ।
 
हाल यस बच्चाको अवस्थामा अहिले निकै सुधार आएको छ , किनभने अहिले उसको ट्यूमर निकालिएको छ । डाक्टरका अनुसार यस ट्यूमरको कारणले नै यसको विकसित अवस्था पत्ता लगाउन सकिएको हो । जब ती बालिका अस्पतालमा परीक्षण गराउन पुगेकी थिइन् , त्यति खेर नै डाक्टरलाई उनको दिमागमा केही न केही समस्या भएको अनुमान गरेको थियो ।
 
स्क्यानिङ्ग गर्दा यस बालिकाको मस्तिष्कमा एक ट्युमर भेटिएको थियो , जो हेर्दा दाँत जस्तो देखिने गर्दछ । हजुर रिपोर्टको अनुसार यस बालिकाको मस्तिष्कमा देखिएको दाँत नभई ट्युमर हो । यस बालिकाको मस्तिष्कमा यो ट्युमर क्रेनियाफरिंगिओमाको कारणले लाग्ने गरेको डाक्टरले बताएका छन् । उनका अनुसार यो ट्युमरले अझै पनि ठुलो रुप लिन सक्थ्यो तर समयमा नै उपचार गरी हटाईको हो ।

0 comments: