नायिका रेजिना उप्रेतीसँग विवाह बन्धनमा बाँधिएकै भोली पल्ट उनका पति सुरज पोखरेल लण्डन उडेका छन् ।
बिगत ६ बषदेखि लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग रेजिनाको काठमाडौंको बल्खुस्थित भुवनेश्वरीदेवीको मन्दिरमा शुक्रबारमात्र विवाह भएको थियो ।
विवाहको भोली पल्टै लण्डन उडेका पतिलाई छाड्न शनिबार विमानस्थल पुगेकी रेजिनाले बिबाह भएकै भोलीपल्ट श्रीमानलाई विमानस्थलमा
छाड्न जाँदा केही नरमाइलो लागेको बताईन् ।

‘पहिलो चोटी भेट भएको हैन, पाँच वर्षअघि देखिको भेटघाट हो’ सुरजको र आफ्नो लण्डन आउने जाने क्रम चलिरहने भन्दै रेजिनाले उज्यालो अनलाइनसित भनिन् ‘तर त्यस्तै नराम्रो भन्ने चैं छैन ।’
धादिङकै बासिन्दा सुरजसँग रेजिनाको ५ वर्षदेखि प्रेम सम्बन्ध थियो । सुरज लण्डनमा रहेको आफ्नो मामाको ट्राभल एजेन्सीमा कार्यरत छन् ।
फागुन १० गते नै उनीहरुबीच विवाह हुने तय अनुसार सुरजले छुट्टी पनि मिलाएको र पहिल्यै लण्डन जाने टिकट काटिसकेको कारण हतार हतार गएको रेजिनाले बताइन् ।
सुरजको आफन्तको निधन भएपछि फागुन १० गतेका लागि तय गरिएको विवाह रोकिएको थियो । विवाह एक हप्ता सारेपनि फेरि रेजिनाको घर परिवारमा जुठो परेपछि उनको कन्यादान मावली पक्षले गरिदिएका हुन् । विवाहमा सिमित सञ्चारकर्मी बाहेक अन्य कलाकारहरु कोही देखिएनन् ।
रेजिनाले बिबाहको एक हप्ता अघि फागुन १० गते नै कलंकीको एक ब्याक्वेटमा भव्य पार्टी दिएकी थिइन् । जहाँ उनका समकालिन कलाकार सञ्चारकर्मी तथा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताकहरुको बाक्लो उपस्थित रहेको थियो ।


0 comments:
Post a Comment