Thursday, March 6, 2014

मोबाइलको कारण नायिका क्षितिजा तनावमा : “म नेता होइन, अभिनेत्री हुँ प्लिज”

सधैं बजीरहने मोबाइलको रिङ्ग टोन पनि आज कर्कश लाग्न थालेको छ उहाँलाई । एउटासँगको धन्यवाद र बधाइ खान पाएको छैन पुनः अर्को रिङ्ग टोन….उफ् …….हरे राम…….! हेलो….दिदीलाई बधाई छ…..शुभकामना….“कङ्ग्राच्युलेसन”……! राम्रो गर्नु पर्छ अब त, सबैलाई काम गरेर देखाउनु पर्छ………यस्तै यस्तै शुभकामना र बधाइहरुले आजकल दिन भरी नै कान टट्याई रहेको छ मोडल तथा नायिका क्षितिजा शाक्यको

। सोचमा पर्नु हुन्छ उहाँ र कल्पनाले झप्पक्क छोप्छ एक क्षण “आफूद्धारा अभिनित चलचित्र मिस नेपालको भरखर मात्र काठमाण्डौंका केहि हलहरुमा च्यारिटी सो प्रर्दशन भएको थियो ….सोचेको भन्दा पनि राम्रा बनेछ “मिस नेपाल” !  अभिनय राम्रो गर्ने प्रयास त गरेकै हो, पर्दामा त झनै राम्रो पो भए छ की क्या हो ! मेरो अभिनयबाट प्रभावित भएर मलाई यत्रो बधाइ र शुभकामना …….होइन, होइन……यति मात्र त अवश्य होइन ।” दोस्रो दिन त दिन भरी मोबाइल अफ गर्न बाध्य नै हुनु प¥यो । कसलाई भन्ने ! के गर्ने ! उफ्……..! तेस्रो दिन मोबाइल अन मात्र के गरिएको थियो फेरि त्यहि ताल ………!  के भइरहेको छ यो ! कसको काम होला !…..अनि बिगतमा भएका यस्तै अपरिचितका अनौठा बातचितहरुको स्मरण गर्नु भयो नायिका शाक्यले । “ओहो….! केहि महिना अघि पनि मलाई यसरी नै कल आउने गरेको थ्यो । कोशेली ल्याएको छु……तपाईको बसोवास कहाँ निर हो ?…..रड् कहाँ झार्ने हो…..सिमेन्ट…..आदि इत्यादि । …स्मरण नटुङ्गिदै पुनः कल “म नेता होइन, अभिनेत्री हुँ प्लिज…….ए त्यसो पो ! …..म शिक्षा मन्त्रि ज्यू होइन ।” बल्ल पो पत्तो लागेछ, शिक्षा मन्त्रि चित्रलेखा यादबको मोबाइल नं. सँग मिल्दो जुल्दो भएकै कारण केहि दिन यतादेखि यत्रो तनाव झेल्नु परिरहेको रहेछ नायिका क्षितिजालाई, धन्न पत्तो पाइन । हत्तेरी मिल्दो जुल्दो नम्बरले पनि कति दुःख पाइने रहेछ

0 comments: