Monday, March 17, 2014

पुराण सुनेर फर्किएका बृद्धको दुर्घटनामा मृत्यु

तेह्रथुम, चैत ३ – आफन्तकोमा पुराण सुनेर घर फर्कदै गर्दा ट्याक्सी दुर्घटनामा परेर संक्रान्ति बजारमा एक वृद्धको ज्यान गएको छ ।

डाडागाउँमा आफन्तको घरमा पुराण सुनेर मे १ च २५६६ नम्बरको ट्याक्सीमा घर फर्कदै गर्दा संक्रान्तिको ग्रामीण सडकमा दुर्घटनामा परेर ७३ वर्षका तारानाथ उप्रेतीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।
कच्ची सडकमा ब्यालेन्स नहुदा ट्याक्सी पल्टिएको प्रहरीको भनाई छ । ट्याक्सीमा रहेका अरु ६ जना भने सकुशल रहेका छन् । ट्याक्सी चालक झापाका कमलराज काफ्ले भने फरार रहेका प्रहरीले जनाएको छ ।

0 comments: