Friday, March 7, 2014

वामदेवलाई फुटपाथ पसलेको ठाडो चुनौती

जिफन्टसमेत गृहमन्त्रीको विरोधमा उत्रियो


rayali

२३ फागुन, काठमाडौं । सिंहदरबारमा पदबहाली गरेकै दिन गृहमन्त्री वामदेव गौतमले राजधानीका सडकहरुमा अव्यवस्थित रुपमा खोलिएका फुटपाथे पसलहरु हटाएर सडकलाई व्यवस्थित गराउने प्रतिवद्धता जनाएका थिए । गौतमको प्रतिवद्धतालगत्तै गृहमन्त्रालयले ११ दिनदेखि फुटपाथका पसल हटाउने अभियान जारी राखेको छ ।

तर, एमाले नेतृत्वको गृहमन्त्रालयको यो अभियानलाई चुनौती दिँदै फुटपाथका पसलेहरुले विहीबार राजधानीको सुन्धाराबाट र्‍यालीसमेत निकालेका छन् । र्‍यालीमा एमालेका मजदुरसमेत सामेल भएका छन् ।
सडकलाई व्यवस्थित गराउने अभिव्यिक्त दिएका गृहमन्त्रीका लागि सडक व्यापारीहरुले थालेको यो आन्दोलन एउटा जटिल चुनौतीको विषय बन्न पुगेको छ । गौतमले दाबी गरेजस्तै राजधानीका सडकहरु खाली गर्न र व्यवस्थित बनाउन सजिलो र सहज छैन भन्ने विहीबारको जुलुसले स्पष्ट देखाइसकेको छ ।
गृहमन्त्रीले बल प्रयोग गराएर राजधानीका सडक र खुल्लामञ्च खाली गाउने हो भने विगतमा बाबुराम भट्टराईको सरकारले सुकुम्वासीलाई हटाएजस्तै विरोध आउन सक्छ । तर, फुटपाथे पसलहरुलाई यत्तिकै रहन दिने हो भने सहकमा हिँड्नै नसकिने अवस्था आउन सक्छ । यतिबेला आकाशे पुल, सडकमा यात्रुहरु हिँड्ने पेटी, सार्वजनिक स्थल एवं सार्वजनिक सभा गर्ने खुल्लामञ्चसमेत सडक व्यापारीहरुले कब्जामा लिएको अवस्था छ ।
जिफन्टसमेत वामदेवको विरोधमा
एमाले नेता वामदेव गौतमले फुटपाथका पसल हटाउन निर्देशन दिएपछि गृहमन्त्रालयले फुटपाथका पसल हटाउने अभियान शुरु गरेको छ । तर, यसको विरोधमा विहीबार एमालेकै जनवर्गीय संगठन जिफन्टका कार्यकर्तासमेत झण्डा लिएर सडकमा ओर्लिएका छन् । आफ्नै पार्टीका उपाध्यक्षको नेतृत्वमा रहेको गृहमन्त्रालयले थालेको अभियानलाई असफल गराउने आन्दोलनमा एमालेकै मजदुरहरु सडकमा उत्रिएपछि यो समस्या झनै जटिल बन्न पुगेको छ ।
गृहमन्त्रालयको अभियानको विरोध गर्दै विहीबार सुन्धाराबाट प्रदर्शन गरिएको जुलुसमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का साथै राष्ट्रिय स्वरोजगार व्यापार संघको ब्यानर देखिएको थियो । जुलुसपछि कोणसभामा बोल्दै जिफन्टका नेताहरुले सरकारले विकल्प नदिई फुटपाथका पसल हटाउन नपाउने चेतावनी दिएका छन् । सरकारले जनतालाई रोजगारी दिन सक्देन भने विकल्प दिनुपर्ने एमालेकै मजदुर नेताहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले भने आफ्नै घरमा पसल राख्नुबाहेक अर्को विकल्प नभएको भन्दै दबाव दिएर सार्वजनिक सडक एवं खुल्ला मञ्चमा पसल चलाउन नपाइने भन्दै गृहमन्त्रालयको निर्देशनअनुसार पसल हटाइएको जवाफ प्रतिक्रिया दिएका छन् ।
फुटपाथ पसलेहरुले यतिबेला आकाशे पुल र सडकका पेटीमात्रै नभई खुल्लामञ्चभित्रै पसलहरु सञ्चालन गर्दै आइरहेका छन् ।
futhpath

0 comments: