Friday, March 7, 2014

खुलामञ्चमा सुरुवाल, आकासेपुलमा लिपिस्टिक (फोटोफिचर)

राजधानीका सार्वजनिकस्थल व्यापारीको कब्जामा

khulla-manch-3

माघ, काठमाडौं । पञ्चायतकालमा राजनीतिक दललाई काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने छुट थिएन । यद्यपि खुल्लामञ्च अहिलेजस्तो अतिक्रमित अवस्थामा थिएन । लोकतन्त्रमा त झनै राजधानीमा कम्तिमा एउटा आमसभास्थल सुरक्षित रहनुपर्नेमा कट्टु र सुरुवालको व्यापार गर्ने थलोमा रुपान्तरित भएको छ काठमाडौंको खुल्लामञ्च ।

khulla-manch-1
अनलाइनखबरका फोटोग्राफर वीर अस्पताल नजिकैको खुल्लामञ्चमा पुग्दा उदेकलाग्दा दृश्य देखिए । वीर अस्पतालपट्टकिो भागमा आधाजति ढाकेर गाडी पार्किङ गरिएका थिए । उत्तरपूर्वीभागमा कपडा व्यापारीदेखि मकै र रोटी पोल्नेहरुले धुँवा उडाइरहेका थिए ।
खुल्लामञ्चभित्रै पसेर हेर्दा कोही माछा बेचिरहेका, कोही रोटी पकाइरहेका भेटिए भने कोही झोला, जुत्ता, बेलुन र सुरुवाल किनमेल गरिरहेका अवस्थामा फेला परे । खुल्लामञ्चको भित्तापट्टी एक वृद्ध ‘वनझाँक्रीबाट चिताएको काम पूरा हुने’ ब्यानर टाँगेर झोक्राइरहेका थिए ।khulla-manch-2
यात्रुको रहेन आकासेपुल
यात्रुहरुलाई बाटो काट्नका लागिबनाइएका रत्नपार्क आसपासका आकासेपुल पनि यात्रुलाई हिँड्नै बाधा पर्ने गरी व्यापारीले कब्जा जमाएका छन् । आकासेपुलमा कोही मकै पोलेर पैसा गनिरहेका भेटिन्छन् त कोही फुटपाथे सामानको मोलमोलाइ गरिरहेका हुन्छन् । रानीपोखरीबाट भोटाहिटीतर्फ जाने आकासेपुल बाटो काट्ने यात्रुका लागि नभई व्यापारीका लागि बनाएको प्रतीत हुन्छ ।aakase-pool-business-1
सडक व्यापार : राजधानीको जटिल समस्या
राजधानीको सडक जतिसुकै विस्तार गरिए पनि सडकमा निस्केर सामान बेच्ने साना व्यापारीहरुको समस्याबाट राजधानी झनै आक्रान्त बन्दै गएको छ । संविधानसभा भवन अगाडि बेलुका हुँदै गएपछि पेटीमा हिँड्नै सकिन्न । यात्रु हिँड्ने पेटी व्यापारीले कब्जा गरेपछि यात्रुहरु वीच सडकबाटै हिँड्न बाध्य हुने गरेका छन् । के सडक, के पेटी, के आकाशे पुल र के खुल्लामञ्च, जतासुकै सडक व्यापारीको कब्जा छ ।khulla-manch-4
कुनै राजनीतिक दलले खुल्लामञ्च भरिने गरी प्रदर्शन गर्छु भन्यो भने त्यो अब हास्यास्पद हुनेछ । किनभने खुल्लमञ्च पहिल्यै भरिइसकेको छ । काठमाडौं महानगरपालिकाले अस्वीकार गर्दागर्दै गृहमन्त्रालयले खुल्लामञ्चमा प्रवेश गराएका व्यापारीहरु अब प्रहरीको गतिलो लाठीचार्जविना शायदै बाहिरिएलान् । तर, त्यसबेला उनीहरुले खुल्लामञ्च कब्जा गर्न पाउनुपर्ने मागसहित आन्दोलन गरे भने त्यसलाई पनि अनौठो नमाने हुन्छ ।khulla-manch-1
khulla-manch-5
khulla-manch-6
khulla-manch-7
khulla-manch-8


0 comments: